काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
अहिलेसम्म यस सिजनमा कोलकोताले ६ खेल खेलेको छ । ६ खेलमा ३ जित र ३ हार बेहोरेको कोलकोता ६ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै पञ्जाव किंग्सले अहिलेसम्म ५ खेलमा ३ जित र २ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।
डिफेन्डिङ च्याम्पियन रहेको कोलकोता सन्तुलित टिम भएर पनि प्रदर्शनमा स्थिरता नहुदा हारको सामना गरिरहेको छ । कप्तान आजिख्य रहानेले उत्कृष्ट प्रदर्शन र कप्तानी गरिरहेपनि मिडल अडर फर्ममा नहुदा कोलकतामा समस्या देखिएको थियो । अब भने विस्तारै मिडल अडरले आफ्नो लय भेटाएको देखिएकोले यस खेलमा पञ्जावलाई कडा चुनौती दिने देखिएको छ ।
त्यस्तै शानदार शुरुवात गरेको पञ्जावले यस सिजनमा राम्रो ब्याटिंग गरेपनि बलिङ त्यति उत्कृष्ट हुन सकेको छैन । स्प्पिनर युजवेन्द्र चहलले विकेट लिन नसक्दा पञ्जावको बलिङ लाइनको प्रदर्शन असन्तुलित बनेको छ ।