कपिलवस्तु । ग्यालेक्सी युथ क्लबले नयाँ बर्षको अवसरमा एन्जल कम्पुटरसँगको सहकार्यमा कपिलवस्तु बालगृहका बालबालिकालाई भोजन गराएको छ ।
आइतबार नयाँ बर्षको अवसर पारेर कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु बालगृहमा रहेका ३० भन्दा बढी बालबालिकालाई भोजन गराएको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी गराएका छन् ।
स्थापनाको छोटो समयमा विभिन्न सामाजिक कार्यमा कपिलवस्तुमा पहिचान बनाएको ग्यालेक्सी युथ क्लबले सरसफाई अभियान, सहयोग अभियान र बालबालिका सम्बन्धि कार्य गर्दै आएको छ ।
क्लबले कपिलवस्तुमा सरसफाई अभियानका साथै दुखमा परेकाहरुका लागि सहयोगी हात बनेर काम गरिरहेको छ । केहि दिन अघि मात्र बोनम्यारो क्यान्सरबाट पिडित ६ बर्षिय माहिरा विश्वकर्माको सहयोगार्थ रकम संकलन अभियान चलाएर एक लाख ३१ हजार ४५२ रुपैयाँ उनका पिता मनु विश्वकर्मालाई हस्तान्तरण गरेको थियो । क्लबका अध्यक्ष गिरीले यी बाहेक बालबालिकाको क्षेत्रमा काम गर्ने गरी योजना बनाइरहेको बताए ।
क्लबमा हाल ७२ सदस्य रहेका छन् भने सदस्य बढ्नेक्रम जारी रहेको गिरीले जानकारी गराएका छन् ।