काठमाडौँ । बलिवुड अभिनेता सलमान खानलाई फेरी अर्को ज्यान मार्ने धम्की आएको छ ।
भारतीय मिडियाहरुका अनुसार सलमानलाई अर्को धम्की आएपछि सो विषयमा मुम्बईको वरली प्रहरी स्टेशनमा मुद्दा दर्ता गरिएको छ । आईपीसीको धारा ३५१(२)(३) अन्तर्गत दर्ता भएको मुद्दाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
एक अज्ञात व्यक्तिले यातायात विभागको वरली कार्यालयको आधिकारिक नम्बरमा व्हाट्सएप मार्फत सन्देश पठाएर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ ।
सलमान खानलाई गुण्डा लरेन्स बिश्नोई गिरोहबाट धेरै पटक धम्की आइरहेको छ भने यस अघि सलमानको घर अगाडी गोली समेत चलाइएको थियो । यहि समुहले सलमान खानका नजिक रहेका बाबा सिद्धीकीको समेत हत्या गरेको थियो ।