• २०८२ बैशाख ५ शुक्रबार

आफ्नै निर्णयबाट पछि हट्दै ट्रम्प, इलेक्ट्रोनिक सामानमा कर छुट दिने घोषणा

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही इलेक्ट्रोनिक सामानहरूलाई पारस्परिक करबाट छुट दिइने बताएको छ । यसमा स्मार्टफोन, ल्यापटप र केही अन्य प्राविधिक उपकरणहरू पनि समावेश छन् । यी सबै वस्तुहरूको मूल्य बढ्ने सम्भावना अब कम भएकोले यो निर्णयले आम उपभोक्ताहरूलाई राहत दिन सक्ने बताइएको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागका अनुसार, स्मार्ट फोन, ल्यापटप अर्धचालक उत्पादन मेसिनहरू र फ्ल्याट-प्यानल मनिटरहरू जस्तै एलईडी स्क्रिनहरूमा कर छुट दिइने भएको छ ।

स्मार्टफोन र ल्यापटप जस्ता दैनिक प्रयोग हुने प्राविधिक वस्तुहरू महँगो नहुने भएकाले यो निर्णयले सर्वसाधारणलाई फाइदा पुर्‍याउनेछ । यसबाहेक, एप्पल र सामसुङ जस्ता ठूला टेक कम्पनीहरूले पनि राहत पाउनेछन्, किनभने उनीहरूका धेरै उत्पादनहरू अमेरिकामा बन्दैनन् र उनीहरूले अन्य देशहरूबाट आयात गर्छन् ।

यी उत्पादनहरूको अमेरिकामा उच्च माग छ, तर तिनीहरू प्रायः चीन, कोरिया र भियतनाम जस्ता देशहरूमा उत्पादन गरिन्छ । यदि यी चीजहरूमा भारी कर लगाइयो भने, कम्पनीहरूले घाटा बेहोर्नेछन् र ग्राहकहरूले पनि यी चीजहरू महँगो पर्ने छ । त्यसैले ट्रम्प प्रशासनले उनीहरूलाई करबाट छुट दिने निर्णय गरेको बताइएको छ ।

पारस्परिक भन्सारको अर्थ यदि कुनै देशले अमेरिकी सामानहरूमा बढी कर लगाउँछ भने, अमेरिकाले पनि त्यो देशको सामानहरूमा त्यस्तै कर लगाउनेछ । यो नीति अन्य देशहरूसँगको व्यापार सन्तुलन गर्न बनाइएको दाबि राष्ट्रपति ट्रम्पको रहेको छ । यसलाई ट्रम्प प्रशासनले अप्रिल २ मा लागू गरेको थियो ।

यद्यपी ट्रम्पले चीन बाहेकका देशमा सो घोषणा ९० दिनका लागि लागु नहुने अर्को घोषणा गरेका छन् भने चीनलाई भने कर बढाएर १४५ प्रतिशत पुर्याएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै