• २०८२ बैशाख ५ शुक्रबार

आयल निगमको नाफा साढे ९ अर्ब

kharibot

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले एक वर्षमा इन्धन कारोबारबाट सरकारलाई एक खर्ब १२ अर्ब रुपैयाँ कर बुझाएको छ । वार्षिक करिब साढे ३ खर्ब रुपैयाँ बढीको इन्धन कारोबार गर्दा उक्त कर तिरेको हो ।

निगमले एक वर्षमा करिब साढे ९ अर्ब रुपैयाँ मुनाफा कमाएको छ । आयल निगमले पूर्ण रूपमा स्वचालित मूल्य लागू भएपछि नाफामा गएको हो ।

आयल निगमको ४३औँ साधारणसभाबाट पारित आर्थिक प्रतिवेदन अनुसार आव ०८०/८१ मा निगमले ३ खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँको इन्धन बिक्री गर्दा नौ अर्ब ५५ करोड रुपैयाँ मुनाफा कमाएको निगमले जनाएको छ ।

मुनाफा साढे ९ अर्ब रुपैयाँ कमाए पनि सञ्चित नाफा ४ अर्ब ८३ करोड रुपैयाँ रहेको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए। साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। निगमले गत आवमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। निगमको चुक्तापुँजी ११ अर्ब रुपैयाँ रहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै