• २०८२ बैशाख ५ शुक्रबार

आज काठमाडौं र ललितपुरका केही स्थानमा विद्युत् अवरुद्ध हुने

kharibot

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं र ललितपुरका केही स्थानमा शनिबार विद्युत् अवरुद्ध हुने जनाएको छ।

काठमाडौंको बलम्बु वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङमा पोल स्थानान्तरण र कन्डक्टर स्तरोन्नतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुनेछ।

रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल, विश्वज्योति हल, यलो पगोडा, अन्नपूर्ण होटल र निर्वाचन आयोग क्षेत्रमा भूमिगत तार बिछ्याउन बिहान ७ देखि १० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, टिकाथली, लुभुलगायत क्षेत्रमा दिउँसो २स्३० देखि ३स्३० बजेसम्म विद्युत् कटौती हुनेछ।

सोही केन्द्रको जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारिपाटी, नटोलमा दिउँसो १ देखि ४ बजेसम्म र रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय, एभिएम चोक, कुसुन्ती, नखिपोटलगायतमा बिहान ११ देखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

काम छिटो सकिएमा विद्युत् सेवा तोकिएको समयअघि सुचारु हुन सक्छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै