काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी किरण केसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी केसी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मोहनचन्द्र गुरुङ्ग र महासेनानी सरोज कुमार अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।