• २०८२ बैशाख ५ शुक्रबार

लागूऔषधसहित तीन जना नियन्त्रणमा

kharibot

काठमाडौँ ।  सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकाहरुमा मोरङ्गको मिक्लाजुङ्ग–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।

बाराको सिम्रौनगढ, कलैया, वीरगंज हुँदै काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरुलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स व्यूरोको टोलीले उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागूऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।

नियन्त्रणमा लिईएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै