काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला तोलामा ३० रुपैयाँले बढेर १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।