काठमाडौं । कलाकार दीपक राज गिरीले अब विचार पनि स्वतन्त्र नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गिरीले पहिला आफ्नो विचार लेख्दा कि राम्रो हुन्थ्यो कि नराम्रो हुन्थ्यो भन्दै अहिले विचार पनि स्वतन्त्र नभएको बताएका हुन् ।
उनले अहिले केहि विचार लेख्दा कि झोले विचार हुने कि रैती विचार हुने भन्दै दुखेसो पोखेका छन् ।
उनले भनेका छन्-
पहिला पहिला आफ्नो बिचार लेख्दा कि त राम्रो हुन्थ्यो कि नराम्रो, आजकल त बिचारहरू लेख्नुस कि त्यो झोले बिचार हुन्छ कि त रैती बिचार… बिचार पनि स्वतन्त्र रहेन !