• २०८२ बैशाख ५ शुक्रबार

सुन तोलामा ३९ सयले घट्यो

kharibot

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएको छ । शुक्रबार सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । 

यसअघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला तोलामा १२५ रुपैयाँले घटेर १८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै