• २०८२ बैशाख ५ शुक्रबार

'म्यानमारको भूकम्पले '३३४ परमाणु बम' बराबरको ऊर्जा निकाल्यो'

kharibot

काठमाडौँ । शुक्रबार म्यानमारमा आएको ७.७ म्याग्निच्युडको भूकम्पले ३०० भन्दा बढी परमाणु बम विस्फोटन बराबरको ऊर्जा निस्कासन गरेको भूगर्भशास्त्रीहरुले बताएका छन् ।

भूगर्भशास्त्री जेस फिनिक्सले सिएनएनसँग कुरा गर्दै यस प्रकारको भूकम्पले निस्कने शक्ति लगभग ३३४ परमाणु बम बराबरको भएको बताएकी छन् । उनले परकम्पहरू केही महिनासम्म रहन सक्ने चेतावनी पनि दिएकी छन् । 

चार वर्षदेखि गृहयुद्धबाट पीडित म्यानमारलाई भूकम्पले थप पिडा दिएको छ । अहिले राहत र उद्धारको कार्य जारी रहेको छ । उद्धारका लागि उद्धार सामाग्रीको अभाव भएको स्थानीय अधिकारीहरुले बताएका छन् । म्यानमारको भूकम्पपछि राहत र उद्धारका लागि चीन, भारत जस्ता देशले आफ्नो टिम पठाएका छन् ।   

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पबाट म्यानमारमा कम्तिमा एक हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले आफ्नो प्रारम्भिक मोडेलिङ प्रक्षेपण अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै