काठमाडौँ । कलाकार दीपक राज गिरीले शिर्ष तीन नेताहरुको बैठक बारे टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले डर भन्ने चिज सकारात्मक कुरा हो भन्दै राजा आउदैछ रे भन्दा तीन ठूला नेता फेरी एकै ठाउँमा आएको टिप्पणी गरेका हुन् ।
उनले भूइचालो फेरी आउदैछ भन्ने डरले धनि र गरिब एउटै चौरमा आएको उल्लेख गर्दै राजा आउदैछ रे भन्दा तीन ठूला नेता फेरी एकै ठाउ आएको बताएका हुन् ।
उनले भनेका छन्- डर भन्ने चिज सकारात्मक कुरा हो ! भूइचालो फेरी ऑउदैछ भन्ने डरले धनि र गरिब एउटै चौरमा आएका थिए जसरी राजा आउदैछ रे भन्दा ३ ठूला नेता फेरी एकै ठॉउ आए … ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।