• २०८१ फाल्गुण १५ बिहीबार

साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए

kharibot

काठमाडौँ  । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका छन् । 

पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।

एन्फा केन्द्रीय सदस्य तथा महिला समितिकी अध्यक्ष सरिला श्रेष्ठ मलेकु र टोली प्रबन्धक बिन्द्रा देवानले दुवै खेलाडीलाई बिदाइ गरेकी छन् ।

त्यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार आफ्नो क्लब फर्कनेछन् । एन्जिला भने ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा फाइनलसम्म पुगेको नेपाल म्यान्मारसँग २-० ले पराजित हुदै उपविजेतामा चित्त बुझाएको थियो । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै