काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबारे विभिन्न राजनीतिक दलका नेताहरु र विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ ।
जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा फेरि शुक्रबार अन्तरक्रिया गर्न लागेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांक्वेटमा शुक्रबार दिउँसो आयोजना हुने अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई आमन्त्रणा गरिएको छ ।
सरकारले समर्थनका लागि दबाब बढाइरहेकाले जसपा नेपालले छलफल गर्न लागेको छ ।