काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकँलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिइएको बताएका छन् ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकले जाजरकोट, डोटी र बझाङ्गमा भूकम्पपछिको क्षतिको आँकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तिव्र रुपमा अघि बढाएको जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङ्गमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए ।
गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ्ग, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङ्गमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।
“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ ।” गृहमन्त्री लेखकले भने, “ अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरुमा भएको क्षति आँकलन गर्ने काम अगाढी बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाढी बढाउछौं ।”
गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । “पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक बर्ष बितिसक्दा पनि क्षति आकँलन गर्ने र पुर्ननिर्माण एवं पुर्नस्थापना अगाढी बढ्ने सकेको स्थिती थिएन ।” उनले भने ।