• २०८१ फाल्गुण १५ बिहीबार

१० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडको जित

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इप्सिच टाउनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इप्स्वीच टाउनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा माथिस डी लाइट र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए भने एक गोल इप्स्वीच टाउनका साम मोर्सीले आत्मघाती गोल गरेका थिए । त्यस्तै इप्स्वीचका लागि जाडेन फिलोगेनले दुवै गोल गरेका थिए ।

त्यस्तै यस खेलमा प्याट्रिक डोर्गुले खेलको ४३औ मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ३३ अंक भएको छ र लिगमा १४औ स्थानमा रहेको छ ।

यस्तै इप्स्वीचको २७ खेलमा १७ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै