• २०८१ फाल्गुण १५ बिहीबार

न्यूक्यासलमाथि लिभरपुलको सहज जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको प्रिमियर लिगमा २८ खेलमा ६७ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासालको २७ खेलमा ४४ अंक रहेको छ लिगमा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा आर्सनल भने नोट्टीङघम फोरेस्टसँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीपछि आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुलसँग १३ अंकले पछाडी परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै