• २०८१ पौष १७ बुधबार

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव पारित

kharibot

काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रस्ताव पारित पछि फेरी कार्यवाहक राष्ट्रपति हान डक सुविरुद्धको महाभियोग प्रस्ताव संसदमा पारित भएको छ । 

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक पार्टीले ल्याएको प्रस्तावमाथि संसदमा मतदान हुदा प्रस्ताव पारित भएको छ । विपक्षी दलले पूर्वराष्ट्रपति युन सुक योलेले लगाएको मार्सल ललाई समर्थन गरेको र योलविरुद्धको अनुसन्धानलाई अनुमोदन नगरेको भन्दै संसदमा यो प्रस्ताव पारित गरेको हो ।

दक्षिण कोरियाको नेशनल एसेम्बलीका सभामुख वू वोन–सिकले कार्यवाहक राष्ट्रपति हान डक सुविरुद्धको महाभियोग प्रस्ताव स्वीकृत भएको बताए । मतदानमा १९२ सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए । ३०० सदस्यीय नेसनल एसेम्बलीमा प्रस्ताव पारित हुन १५१ मत आवश्यक रहेको थियो । 

शुक्रबार महाभियोग प्रस्तावमा मतदान भएको थियो । दक्षिण कोरियाली संसदको नियम अनुसार महाभियोग पेश भएको २४ देखि ७२ घण्टाभित्र मतदान हुनुपर्ने हुन्छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रस्ताव पारित भयो र त्यसपछि उनलाई पदबाट हटाइयो । उनको विपक्षमा २०४ मत परेको थियो भने उनको समर्थनमा ८५ मत परेको थियो । संसदमा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उनको अधिकार तत्काल निलम्बन हुन्छ । प्रधानमन्त्री हान डुक-सु अहिले कार्यवाहक राष्ट्रपतिको रूपमा सेवा गरिरहेका थिए ।

अब, संवैधानिक अदालतले युनलाई राष्ट्रपति पदबाट हटाउने वा उनको शक्ति पुनर्स्थापित गर्ने निर्णय गर्न १८० दिनको समय छ । यदि उनलाई पदबाट हटाइयो भने उनको उत्तराधिकारी छान्न ६० दिनभित्र राष्ट्रिय निर्वाचन गर्नुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै