• २०८१ पौष ६ शनिबार

मलेसियाले दश वर्षअघि २३९ यात्रु लिएर बेपत्ता भएको विमानको पुन: खोजी गर्ने

kharibot

काठमाडौँ । मलेसियाले दश वर्षअघि २३९ यात्रु लिएर बेपत्ता भएको विमानको खोजी पुनः सुरु गर्ने भएको छ ।

मलेसिया सरकारले १० वर्षअघि बेपत्ता भएको यात्रुवाहक विमानको खोजी पुनः सुरु गर्न तयार रहेको जनाएको छ । यो विमान बेपत्ता हुनु अझै पनि सबैभन्दा ठूलो रहस्य बनेको छ । मलेसियाली विमान एमएच ३७० मार्च २०१४ मा बेइजिङबाट क्वालालम्पुर जाँदै गर्दा बेपत्ता भएको थियो । उक्त विमानमा २३९ जना सवार थिए । वर्षौंदेखि यो विमानको भग्नावशेष खोज्ने प्रयास भइरहेको थियो । उक्त दुर्घटनालाई विमानमा सवार यात्रुका आफन्तले अझै बिर्सन सकेका छैनन् ।

शुक्रबार, मलेसियाका यातायात मन्त्री एन्थोनी लोकले मन्त्रिपरिषद्ले विमानको खोजी गर्न अमेरिकी समुद्री अन्वेषण फर्म ओशन इन्फिनिटीसँग ७० मिलियन डलरको सम्झौतालाई अनुमोदन गरेको छ ।

ओशन इन्फिनिटीले विमानको भग्नावशेष फेला पारे मात्रै भुक्तानी गरिने गरि सम्झौता गरिएको बताइएको छ । तर, सन् २०१८ मा ओशन इन्फिनिटीले यस्तै परिस्थितिमा गरेको खोजी अभियान तीन महिना बितिसक्दा पनि असफल भयो र रद्द गरियो ।

सन् २०१७ मा यो विमान खोज्ने प्रयास रोकिएको थियो । तर, त्यतिन्जेल १५ करोड डलर खर्च भइसकेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै