• २०८१ पौष १ सोमबार

फ्रान्सको मेयोट क्षेत्रमा शक्तिशाली आँधी, ११ जनाको मृत्यु

kharibot

काठमाडौँ । चक्रवात चिडो हिन्द महासागरमा अवस्थित मेयोट टापुमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

हिन्द महासागरमा रहेको मायोट टापुमा फ्रान्सको नियन्त्रण रहेको छ । चिडो आँधी विगत १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी हो ।

चिडो आँधीका बेला हावाको गति पनि २२५ किलोमिटर प्रतिघण्टा थियो । आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

हावाहुरीका कारण यस क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । यसबाहेक स्वच्छ खानेपानीको पनि अभाव छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशको प्रशासन मेयोट क्षेत्रका जनताको पक्षमा रहेको बताएका छन् ।

फ्रान्सेली अधिकारीहरूले २५० अग्नी नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको बताएका छन् । तिनीहरूमध्ये केही पहिले नै टापु पुगिसकेका छन्।

फ्रान्सका गृहमन्त्री ब्रुनो रिटेलले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन् । उनले हावाहुरीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका समेत व्यक्त गरेका छन् ।

उनले भने, 'सन् १९३४ देखि मयोटमा यस प्रकारको हावाहुरी आएको थिएन । पहाडको भिरालोमा बनेका अस्थायी घरहरु पूर्णरुपमा ध्वस्त भएका छन् । माथिबाट पानी बग्ने भएकाले उनीहरुको अवस्था अस्तव्यस्त बनेको छ । यो विपत्ति हो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै