• २०८१ मङ्सिर २८ शुक्रबार

सिरियामा मोहम्मद अल बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त

kharibot

काठमाडौँ । सिरियामा बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्वपूर्ण भूमिका खेलेका मोहम्मद अल–बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल-बसिरले मार्च १ सम्म पदमा रहने बताएका छन् । सार्वजनिक सेवाहरू पुनः सुचारु गर्न मोहम्मद अल-बसिरको नेतृत्वमा सानो मन्त्रिपरिषद बनाइने बताइएको छ ।

हाल मोहम्मद अल-बशीर हाल इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् । केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।

एलेप्पो, हामा र होम्सपछि विद्रोहीले आइतबार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए । देश छोडेर भागेका बसर अल असदलाई रुसले आश्रय दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै