• २०८१ मङ्सिर ९ आइतबार

शानदार जित हासिल गर्दै पहिलो पटक सांसद बनिन् प्रियंका गान्धी

kharibot

काठमाडौँ । प्रियंका गान्धी भारतीय लोक सभाको सांसद बनेकी छन् । प्रियंकाले केरलाको वायनाड निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ४ लाख भन्दा बढी मत अन्तरले जित हासिल गर्दै लोकसभाको सांसद बनेकी हुन् ।

उनले कुल ६ लाख २२ हजार ३३८ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी सिपिआइका सथ्यान मोकेरीलाई ४ लाख १ओ हजार ९३१ मतान्तरले पराजित गरेकी हुन् । त्यस्तै यस निर्वाचन क्षेत्रमा भाजपाकी उम्मेदवार नाभ्या हरिदासले एक लाख ९ हजार ९३९ मत प्राप्त गरको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

यो जितसँगै प्रियंका पहिलो पटक लोकसभाको सांसद बनेकी छन् । यो क्षेत्रवाट यस अघि राहुल गान्धी निर्वाचित भएका थिए ।  राहुल गान्धी दुई क्षेत्रबाट विजयी भएकाले उनले उत्तर प्रदेशको राय बरेली सिट राखेर यो क्षेत्र छोडेपछि यस क्षेत्रमा कांग्रेसले प्रियंकालाई उम्मेदवार बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै