• २०८१ मङ्सिर ८ शनिबार

अस्ट्रेलियाविरुद्ध भारत बलियो अवस्थामा, २१८ रनको अग्रता

kharibot

काठमाडौँ । भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा बलियो अवस्थामा रहेको छ । पहिलो इनिंगमा ४६ रनको अग्रता लिएको भारतले दोस्रो इनिंगमा शानदार शुरुवात गरेको छ ।

भारतले दोस्रो दिनको खेल सकिदा कुनै विकेट नगुमाएर १७२ रन बनाएर अस्ट्रेलियाविरुद्ध २१८ रनको अग्रता लिएका छ । भारतकालागि यशस्वी जैसवालले अविजित ९० रन बनाएका छन् भने केएल राहुलले ६२ रन बनाएका छन् ।

यस अघि भारतले पहिलो इनिंगमा १५० रन बनाएको थियो भने अस्ट्रेलियाले १०४ रन बनाएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै