• २०८१ मङ्सिर ९ आइतबार

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ- मन्त्री पाण्डे

kharibot

लुम्बिनी । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीद्वारा शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा व्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता समेत जनाए । 

नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने समेत प्रतिवद्वता जनाए । ‘महिनामा २ पटक  विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने,  संस्कृती र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔ भन्नेमा लागेको छ। ‘ मेचिमहाकालीको विचमा रहेको स्थल, लुम्बिनी र पोखरा समेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौं।’ उनले थप्दै भने ।

मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टको संज्ञा दिए । उनले विमानस्थलसंग सम्बन्धित श्रम, भिस्सा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताए । मन्त्री  पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने उद्घोष गरे ।

गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको ईपिसेन्टर लुम्बिनी आउने बताए । उनले सँस्कृति नरहेको बताउदै अब नहुने काम हुदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए । 

लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रतगतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामि दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताए । उनले होटल, गुम्बा र स्थानीयहरूका विचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजि क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै