• २०८१ मङ्सिर ८ शनिबार

भारतको महाराष्ट्रमा भाजपा र झारखण्डमा कांग्रेस गठबन्धन अगाडी

kharibot

काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले शानदार जित हासिल गरेको छ ।

२८८ सदस्यीय विधान सभाको निर्वाचनमा भाजपासहितको गठबन्धनले २२१ सिटमा अग्रता हासिल गरेको छ । भाजपासहितको हालको सत्तारुढ गठबन्धनको २०१९ मा १६१ सिट रहेको थियो ।

त्यस्तै महाराष्ट्रमा कांग्रेससहितको गठबन्धनले भने केवल ५४ सिटमा मात्र अगाडी रहेको छ भने अन्य १२ स्थानमा अगाडी रहेका छन् । महाराष्ट्रमा बहुमतका लागि १४५ सिट आवश्यक रहेको छ ।

त्यस्तै अर्को राज्य झारखण्डमा भने झारखण्ड मुक्ति मोर्चा र कांग्रेससहितको गठबन्धन अगाडी रहेको छ । ८१ सिट रहेको झारखण्डमा झारखण्ड मुक्ति मोर्चासहितको गठबन्धन ५१ सिटमा अगाडी रहेको छ । यस राज्यमा बहुमतको लागि ४१ सिट आवश्यक पर्दछ । यस अघि २०१९ मा झारखण्ड मुक्ति मोर्चासहितको गठबन्धनको ४८ सिट रहेको थियो । त्यस्तै यस राज्यमा भाजपासहितको गठबन्धन २९ सिटमा अगाडी रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै