• २०८१ असोज १३ आइतबार

झ्याप्ले खोलामा उद्धार जारी, अवरुद्ध सडक सुचारु गराउने तयारी

kharibot

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक खुलाउने तयारी भइरहेको छ ।

पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाउन ध्यानकेन्द्रित गरेका छन् ।

ह्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो । र यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।  

अहिले राजमार्गमा लामो जाम भएकोले सडकलाई आजै एकतर्फी बह्येपानी खुलाउने गरी काम भइरहेको प्रहरीले जानकारी दिएको छ । 

चापलाई ध्यानमा राख्दै शनिबार विहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै