• २०८१ असोज १३ आइतबार

कांग्रेसले स्थगित गर्यो सय दिने अभियान, दशैँको चियापान पनि नगर्ने

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकरी दिएका छन् ।

प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमा सम्मका लागि अभियान स्थगन गरिएको जानकारी दिए । साथै कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पिडित जनताको उद्धार र राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिएका छन् ।

साथै कांग्रेसले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा दल दर्ता गर्ने र उम्मेदवारलाई आधिकारिक पत्र दिने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको उनले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै