काठमाडौँ । काठमाडौंको बनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन् ।
शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ बनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल खोलामा पल्टिदा चालक बेपत्ता भएका हुन् ।
प्रहरीले सिन्धुपाल्चोक घर भई हाल रानिवन वस्ने १९ वर्षीय राजन श्रेष्ठ बेपत्ता भएको जानकारी दिएको छ । मोटरसाइकल अहिले खोलाबाट निकालिएको छ भने राजनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।