• २०८१ बैशाख ४ मंगलबार

संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’

kharibot

फाइल तस्विर । 

काठमाडौँ / बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ । 

 १५ हजार ५५५ नगद राशि तथा ताम्रपत्रसहितको ‘बेबिलोन स्रस्टा सम्मान २०७५’बाट शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताए । 

इतिहास तथा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा शताब्दी पुरुष जोशीले पु¥याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै उनलाई सो सम्मान गर्न लागिएको हो । 

बेबिलोन स्कुल बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल अवार्ड, आइएसए) २०१५–२०१८ बाट पुरस्कृत विद्यालय हो । 

विद्यालयले यही असार १० गते एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरुष जोशीलाई सो सम्मान प्रदान गर्ने प्रिन्सिपल राईले बताए । 

सोही दिन विद्यालयले मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगितासमेत आयोजना गर्नेछ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै