• २०८१ भदौ १५ शनिबार

जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

kharibot

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो ।

भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जितेको थियो ।

यससँगै यस सिरिजको प्लेयर अफ द सिरिज भारतका वाशिंगटन सुन्दर बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै