काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको सरकर बारे छलफल अघि बढाएका छन् ।
सभापति देउवाले मधेश प्रदेशको सरकारबारे जसपा नेपालसहित एकीकृत समाजवादी र लोसपासँग छलफल गर्ने भएका छन् ।
देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्त ठाकुरसँग छलफल गर्न लागेको बताइएको छ ।
मधेशमा जसपा नेपालका सरोज यादवको नेतृत्वमा सरकार छ । तर, सत्तारुढ दलहरु एमाले र माओवादीले सरकार छाडेपछि उनी अल्पमतमा छन् ।
कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।
मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।