काठमाडौं । सरकारले आफूहरूको मागप्रति गम्भीरता नदेखाएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारीको रकम अपचलन गर्नेहरूलाई कारबाही माग गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको आरोप लगाएका छन् ।
उनीहरूले आजदेखि माइतीघरमा नै रिले अन्सन सुरू गरेका छन् । सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुसलभ केसीले बताए ।
सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्तरूपमा अगाडि बढाउने उनले बताए ।