• २०८० असोज १५ सोमबार

शिक्षा विधेयकको विरोध, विद्यालय बन्द गर्ने चेतावनी

kharibot

काठमाडौं । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सँग असन्तुष्ट शिक्षकहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

संविधानले दिएको ट्रेड युनियन अधिकारमाथि अंकुश लागाउने गरी विधेयक लगाइएको भन्दै अहिले केही शिक्षक आन्दोलित बनेका हुन् । सोहीबमोजिम नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा भएको प्रदर्शनमा शिक्षकहरुले अधिकार खोसिएको भन्दै सो विधेयको ‘ड्राफ्ट’ जलाएर विरोध गरेका हुन् ।

त्यस्तै, विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असोज ३ गतेदेखि विद्यालय बन्द गर्ने समेतका अन्दोलनका कार्यक्रमका घोषणा गरेको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

राष्ट्रिय समितिले पहिलो चरणमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताएको छ ।

यस्तै नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा वर्षौंदेखि कार्यरत शिक्षक र कर्माचारीको पेसागत सम्मान र सुरक्षाको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

महासंघले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्‌मा पेस गरेको भन्दै असन्तुष्टि जनाएका छन् । विधेयकले स्थायी, अस्थायी, करार, राहत, साबिक उमाविलगायत सबै प्रकारका शिक्षक तथा कर्मचारीका मुद्दा सम्बोधन गर्न नसकेको भन्दै महासंघले संशोधन गर्न आग्रह गरेको छ ।

माग सम्बोधन नभए असोज ३ गतेदेखि विद्यालय बन्द गरी आन्दोलन गर्ने घोषणा गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै