• २०८१ बैशाख ७ शुक्रबार

नेदरल्याण्डसविरुद्ध नेपाल १५६ रनमा अलआउट

kharibot

काठमाडौं । नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध १५६ रनमा अल आउट भएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३६.५ ओभरमा अल आउट हुदै १५६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३० रन बनाए भने गुलशन झाएल २४ रन बनाएका थिए । त्यस्तै प्रतिष जिसीले १९ तथा सोमपाल कामी र आरिफ सेखले १८-१८ रन बनाएका थिए । नेपालका शुरुवाती ब्याट्सम्यान कुशल भुर्तेलले ९, आसिफ सेख र अर्जुन साउदले ४-४ र दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएर आउट भएका थिए । 

पहिलो अभ्यास खेलमा १३५ रनमा अल आउट भएको नेपाल दोस्रो खेलमा पनि ब्याटिंगमा संघर्ष गरिरहेको छ । यसअघि सम्पन्न डिभिजन- २ र एसीसी प्रिमियर कपमा उत्कृष्ट ब्याटिंग गरेको नेपालले अभ्यास खेलमा भने लय गुमाएको देखिएको छ ।

गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । 

यो खेलपछि नेपाल आइतबार जिम्बावे जानेछ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

विश्वकप क्वालिफायर प्रतियोगिता १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै