• २०८१ बैशाख ११ मंगलबार

भारत २९६ रनमा अलआउट, अस्ट्रेलियालाई १७३ रनको अग्रता

kharibot

काठमाडौं । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलको पहिलो इनिंगमा भारत २९६ रनमा अलआउट भएको छ ।

टेस्टको तेस्रो दिन भारत २९६ रन बनाएर अलआउट भएको हो । भारतले शुरुवाती विकेट छिटो गुमाएर पनि खेलमा कमब्याक गर्दै सन्तोषजनक टोटल बनाएपनि अस्ट्रेलिया यस टेस्टमा बलियो देखिएको छ । 

भारतका लागि आजिख्य रहानेले सर्बाधिक ८९ रन बनाए भने श्रदुल ठाकुरले ५१ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ४८, कप्तान रोहित शर्माले १५, चैतेश्वर पुजारा र वीरत कोहलीले १४-१४ रन बनाएका थिए । त्यस्तै शुभमन गिल र मोहमद शामीले १३-१३ रन बनाएका थिए ।

त्यसैगरि अस्ट्रेलियाका बलर पाट कमिन्सले ३ विकेट लिएका थिए भने मिचेल स्टार्क, स्कट बोल्याण्ड र क्यामरुन ग्रीनले २-२ विकेट लिएका थिए । त्यस्तै नाथन लियोनले एक विकेट लिएका थिए ।

यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ४६९ रन बनाएको थियो । योसंगै पहिलो इनिंगमा अस्ट्रेलियाले १७३ रनको अग्रता बनाएको छ र विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलमा आफ्नो पकड बलियो बनाएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै