• २०८१ बैशाख ७ शुक्रबार

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

kharibot

दाङ । लुम्बिनी प्रदेशसभाको बिहीबार (आज) बस्ने भनिएको बैठक स्थगित भएको छ ।

सभामुख तुलाराम घर्तीमगरले प्रधानमन्त्री पुष्पकमल दाहाल बुटवल आउने भएकाले आजको बैठक स्थगित भएको जानकारी दिए ।

बुटवलमा केबलकार उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आउने भएपछि उनको स्वागतमा मुख्यमन्त्री, सभामुखलगायत बुटवल जानु पर्ने भएकाले बैठक स्थगित गरिएको सभामुख घर्तीमगरले जनाए ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा भने विशेष कारणवश प्रदेशसभाको नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक स्थगित भएको उल्लेख गरिएको छ ।

आज स्थगित भएको प्रदेशसभाको बैठक भोलि (जेठ २६ गते) बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । प्रदेशसभा बैठकमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै