• २०८१ बैशाख ४ मंगलबार

टेस्ट च्याम्पियन्सिपको फाइनलमा अस्ट्रेलियाको राम्रो शुरुवात

kharibot

काठमाडौँ । विश्व टेस्ट च्याम्पियन्सिपको फाइनलमा अस्ट्रेलियाले भारतविरुद्ध राम्रो शुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाएर ३२७ रन बनाएको छ ।

अस्ट्रेलियाका लागि ट्रभिस हेड अविजित १४६ रन बनाएर खेलिरहेका छन् भने स्टिभ स्मिथ अविजित ९५ रन बनाएर खेलिरहेका छन् ।

त्यस्तै डेविड वार्नर ४३, उसमान ख्वाजा शुन्य र मार्नस लाबुसचाग्ने २६ रन बनाएर आउट भएका थिए ।

त्यस्तै भारतीय बलर मोहमद शामी, मोहमद सिराज र श्रदुल ठाकुरले एक एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै