• २०८१ बैशाख १३ बिहीबार

मिस्टर डीप सी समुन्द्र मुनी ९३ दिन बसेर फर्किए, १० वर्ष उमेर घटेको दाबी

kharibot

काठमाडौँ । अमेरिकी नौसेनाबाट अवकाश पाएका तथा मिस्टर डीप सी उपाधिका लागि चर्चित जोसेफ डेटुर ९३ दिन पानीमुनि बिताएपछि बाहिर आएका छन् । उनी समुन्द्रमा १०० वर्ग फुटको पोडमा बस्थे । योसँगै उनले ७३ दिनको अघिल्लो विश्व कीर्तिमान तोडेका छन् ।

सेवानिवृत्त अमेरिकी नौसेना अधिकारी जोसेफ डेटुर, जसलाई उनका प्रशंसकहरूले मिस्टर डीप सी भनेर चिन्छन्, एट्लान्टिक महासागरमा ९३ दिन बिताएपछि फर्किएका छन् ।

उनी एक वैज्ञानिक पनि हुन् र अहिले आफ्नो उमेर १० वर्षले कम भएको उनको दाबी छ । जोसेफ एट्लान्टिक महासागरमा १०० वर्ग फुटको पोडमा बस्थे । बाहिर आएपछि डेटुरको स्वास्थ्य परीक्षण गरिएको थियो र उनको भाइटल्स पनि सामान्य थियो ।

डेटुर अघि, यो रेकर्ड ७३ दिन थियो । समुद्रमा हुनुअघि उनले मानव शरीरमा दबाबयुक्त वातावरणले पार्ने प्रभावबारे अनुसन्धान गरेका थिए ।

डेटुरी अब मार्च २०२४ मा फेरि पानीमुनि जानेछ । उनले अनुसन्धानको सुरुमा भन्दा १० गुणा बढी स्टेम सेल रहेको बताए ।

गहिरो समुन्द्रमा सुत्ने अवस्थामा रहेका कारण देतुरीमा अहिले ६६ प्रतिशत बढी गहिरो निद्रा लाग्ने उनले बताए । उनको कोलेस्ट्रोल ७२ अंकले घटेको छ भने अन्य समस्या पनि आधा घटेको छ ।

डेटुरीको पानीमुनि पोड मंगल ग्रहको यात्रामा अन्तरिक्ष यात्रीहरूले अनुभव गरेको जस्तै रहेको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै