• २०८१ बैशाख १४ शुक्रबार

ओलीले बोल्दै गर्दा एमालेकै सांसद निदाएर टेबुल ठोक्न बिर्से- निधि

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा लामो बोलेको विषयमा कटाक्ष गरेका छन् । 

प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा मंगलबार ओलीले झन्डै २ घण्टा बोलेका थिए । त्यसपछि बोलेका निधीले ओलीले बजेट बारे बोल्दै गर्दा एमालेकै सांसद निदाएर टेबुल ठोक्न बिर्सेको भन्दै कटाक्ष गरेका थिए ।

निधीले भने- 'संसदीय प्रणालीप्रति साच्चिकै प्रतिबद्ध हुन थाल्नुभएको छ । प्रतिपक्षको भूमिका साच्चै निर्वाह गर्दै हुनुहुन्छ । प्रतिपक्षको भूमिका सत्तापक्षको नीति तथा कार्यक्रम, बजेटलाई कुनै पनि हालतमा समर्थन गर्न हुँदै हुँदैन । त्यो राम्रै गर्नुभएको छ । धेरै बेर पर्खिएँ म पनि, स्वयं प्रतिपक्षको बेन्चतिर हेरेँ । समय जति बित्दै गयो उहाँहरू निदाउन थाल्नुभएको थियो । ताली बजाउन पनि बिर्सिनुभएको थियो ।'

निधिले अगाडी भने- 'मैले त केही पनि बुझ्न सकिनँ । प्रतिपक्षी दलको नेताले भन्नुभएको थियो मैले बोलेपछि जवाफ दिनुहोला, मैले जवाफ दिन लायक केही पनि पाएको छैन । त्यसकारणले केही पनि जवाफ दिन्न उहाँको विषयमा ।'

बजेटबारे टिप्पणी गर्ने क्रममा निधिले छोटो समयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वास्तविक आर्थिक धरातलमा टेकेर बजेट ल्याएको टिप्पणी गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै