• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभाको बैठकबाट शोक प्रस्ताव पारित

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मपतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन् ।

संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

उनकोे हेम्स अस्पताल, धुम्बाराहीमा उपचारको क्रममा २०७९ साल चैत २२ गते बुधबार निधन भएको थियो ।

बैठकले टिवडेवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते ११ बजेर ११ मिनेटमा बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै