• २०८१ बैशाख ७ शुक्रबार

नेपालले जित्यो मलेसियासँगको टी–२० सिरिज 

kharibot

काठमाडौँ । नेपाल मलेसियाविरुद्धको टी–२० सिरिज जितेको छ । आईताबार मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा सम्पन्न खेलमा नेपालले मलेसियालाई  विकेटले पराजित गरेको हो । 

मलेसियाले दिएको ११० रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । 

नेपालका लागि नेपालका लागि सिता राना मगरले ३४, कप्तान रुविना क्षेत्री २३, अप्सरी वेगम १५ र ज्योती पाण्डेले अविजित ११ रन बनाए । 

मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिईन् । यस्तै महिरम इजाती, वीनीफ्रेड अनि, आइसा एसिलशा र नुरु डानियाले समान एक–एक विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । 

यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । 

विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् । नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् । 

पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज नेपालले ३–२ ले जित्यो । पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै