• २०८१ बैशाख ७ शुक्रबार

न्यायाधीश समक्ष बालकृष्ण खाँणको इन्कारी बयान

kharibot

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले इन्कारी बयान दिएका छन् । खाँणले उक्त मुद्दामा थुनछेक बहसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीशसमक्ष इन्कारी बयान दिएका हुन् । 

खाँणले न्यायाधीशसँगको बयानकाक्रममा आफ्नो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- 'मविरुद्ध लगाइएका सबै अभियोग मागदाबीहरू कपोकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले रचेको षड्यन्त्र हो। माथि अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँ कतै संलग्नता छैन। यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन।'

उनले आफुलाई फसाउन झुटा आरोप लगाइएको बताउदै नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ ।

उनले भनेका छन्- 'यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो। मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाइपाऊँ । सफाइ पाऊँ ।'

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् र उनीहरुको न्यायाधीश समक्षको बयान सकिएको छ र अब थुनछेक बहस हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै