• २०८१ बैशाख ११ मंगलबार

अल नासरको प्रि-सिजन टूर जापानमा, पिएसजी र इन्टर मिलानसँग खेल्ने

kharibot

काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासरले आफ्नो जापान भ्रमणका क्रममा पिएसजीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

पिएसजी र अल नासर दुवै आफ्नो प्रि-सिजन टूर अन्तर्गत अर्को महिना जापान जादै छन् ।रोनाल्डोको नेतृत्वमा रहेको अल नासर र किलीयन एम्बाप्पेको नेतृत्वमा रहेको पिएसजीबीच जुलाई २५ मा जापानको ओसाकामा यो खेल हुने भएको हो ।

पिएसजीले जापानमा रहदा जुलाई २८ मा जापानको जे लिग क्लब केरेजो ओसाकासँग खेल्ने छ भने अगस्त १ मा इटालियन क्लब इन्टर मिलानसँग टोकियोमा खेल्ने तालिका रहेको छ ।

त्यस्तै अल नासरले पनि जापानमा २७ जुलाईमा इन्टर मिलानसँग खेल्ने भएको छ । अल नासरले त्यसअघि जुलाई महिनाको धेरै समय भने पोर्चुगलमा बिताउने जनाएको छ । अल नासरले आफ्नो क्याम्प पोर्चुगलमा लगाउने बताउदै जुलाई ३ देखि २१ सम्म पोर्चुगलमा क्याम्प गर्ने जनाएको छ ।

हालै सम्पन्न साउदी लिगमा अल नासर दोस्रो भएको थियो भने साउदी लिगको उपाधि अल इतिहादले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै