• २०८१ बैशाख ८ शनिबार

पुरानै नागरिकता विधेयक प्रमाणीकरण हुनु संसदीय मान्यता र राष्ट्रहितविरूद्ध छ- रवि लामिछाने

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै विधेयक प्रमाणीकरण गर्नु सम्मानित संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सभापति लामिछानेले भनेका छन्-  

नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ । राष्ट्रपति पौडेलले बुधबार यसअघि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै