• २०८१ बैशाख १२ बुधबार

बजेट सकारात्मक छ, सांसद विकास कोष नभएको भए हुन्थ्यो- ज्ञानेन्द्र शाही 

kharibot

काठमाडौं । प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले सम्रगमा बजेट सकारात्मक रहेको बताएका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सकारात्मक रहेपनि यसको कार्यन्वयनको पाटो महत्वपूर्ण भएको बताए । 

बजेट भाषण सकिएपछि बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सांसद विकास कोष आवश्यक नभएको बताएका छन् । 

‘स्थानीय सरकार भएकाले यो आवश्यक त होइन। स्थानीय सरकार नभएको भए आवश्यक रहन सक्थ्यो,’ उनले भने ।

बजेट भने नराम्रो नभएको पनि टिप्पणी गरेका छन् । जुम्लाका लागि ९ वटा आयोजना भएकाले पनि स्वागतयोग्य भएको सांसद शाहीले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै