• २०८१ बैशाख १४ शुक्रबार

आइपिएल फाइनलमा चेन्नईले टस जित्यो, गुजरातले पहिला ब्याटिंग गर्ने

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेलमा चेन्नई सुपर किंग्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा आइतबारको खेल बर्षाले हुन नसकेपछि आज हुन लागेको हो ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । दुवै टिमले फाइनल खेलका लागि अघिल्लो खेलमा खेलाएकै खेलाडीलाई समावेश गरेका छन् ।  

चेन्नई आइपिएलको इतिहासमा १०औं पटक फाइनल खेलिरहेको छ भने दोस्रो पटक आइपिएल खेलिरहेको गुजरात टाइटन्स लगातार दोस्रो पटकनै फाइनल खेलिरहेको छ । गुजरात आइपिएलको डिफेन्डिङ च्याम्पियन हो ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै