• २०८१ बैशाख ७ शुक्रबार

चेल्सीको नयाँ प्रशिक्षक बने पोचेट्टीनो

kharibot

काठमाडौँ । अर्जेन्टिनाका माउरिसियो पोचेट्टीनो प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षक बन्नेका छन् ।

चेल्सीले पोचेट्टीनोले क्लबको प्रशिक्षकको रुपमा जुलाय १ देखि कार्यभार सम्हाल्ने जानकारी दिएको छ । चेल्सीले पोचेट्टीनोसँग दुई बर्षको सम्झौता गरेको जनाएको छ ।   

चेल्सीले नयाँ प्रशिक्षकका लागि बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिक, बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यानसँग छलफल गरेको थियो । तर चेल्सी व्यवस्थापनले पोचेट्टीनोलाई आफ्नो नियमित प्रशिक्षक बनाउने निर्णयमा पुगेको हो ।

पोचेट्टीनो गत जुलाईमा पिएसजीले बर्खास्त गरेपछि हाल कुनै क्लबमा आवद्ध छैनन् । उनी २०२१ को जनवरीदेखि २०२२ को जुलाईसम्म पिएसजीको प्रशिक्षक बनेका थिए । त्यस्तै त्यसअघि उनी प्रिमियर लिग क्लब टोटनह्यामको पाँच बर्षभन्दा बढी प्रशिक्षक रहेका थिए । ५१ बर्षिय पोचेट्टीनो टोटनह्यामको प्रशिक्षक हुदा क्लबलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए ।

यस सिजनमा चेल्सीले आफ्ना नियमित प्रशिक्षक थोमस टुचललाई गत सेप्टेम्बरमा बर्खास्त गरेपछि ग्राहम पोटरलाई अन्तरिम प्रशिक्षक बनाएको थियो । तर लगातारको खराब प्रदर्शनपछि चेल्सीले पोटरलाई गत अप्रिलमा बर्खास्त गर्दै फ्रान्क लाम्पार्डलाई यस सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक बनाएको थियो ।

चेल्सी यस सिजनमा चेल्सीले ३८ खेलमा ४४ अंकसहित लिगमा १२औं स्थानमा रहदै यस सिजनको अन्त्य गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै