• २०८१ बैशाख १२ बुधबार

खुमलटारले हिमालयन शेर्पाले हरायो

kharibot

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत खुमलटारले हिमालयन शेर्पालाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा खुमलटारले हिमालयन शेर्पालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खुमलटारले १-० गोलले पछि परेपछि खेलमा कमब्याक गर्दै जित हासिल गरेको छ ।

खुमलटारको जितमा मेसोउके ओलोउमोउ र समिन डिनोंगले एक एक गोल गरेका थिए । त्यस्तै हिमालयन शेर्पाका लागि मान्युएल नानाले एक गोल गरेका थिए ।

यो जितपछि खुमलटारको २२ खेलमा २४ अंक भएको छ र लिगको पुछारमा नै रहेको छ । त्यस्तै हिमालयन शेर्पाको भने २२ खेलमा २९ अंक रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै