• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसलाई हराउदै एसी मिलानले सुनिश्चित गर्यो च्याम्पियन्स लिग

kharibot

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले युभेन्टसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मिलानले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा खेलको ४०औं मिनेटमा ओलिभर जिराउडले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि मिलान यस सिजनमा शिर्ष चारमा आफ्नो स्थान सुनिश्चित गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

मिलानको ३७ खेलमा ६७ अंक रहेको छ । त्यस्तै यस सिजनमा उपाधि जितेको नापोलीसहित लाजियो र इन्टर मिलनले पनि अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

त्यस्तै युभेन्टसको भने ३७ खेलमा ५९ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै